सिटौला निवास पुगे विश्वप्रकाश शर्मा « Khabarhub

सिटौला निवास पुगे विश्वप्रकाश शर्मा


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आइतबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै निवास चण्डोल पुगेर भेटेका छन् । एउटैला जिल्लाका यी नेताहरुबीच आपसी सम्बन्ध न्यानो छैन ।

तर, आफ्नै घरमा भेट्न आएका शर्मालाई सिटौलाले बधाइसहित आशिर्वाद दिएका छन् । सिटौलालाई आफ्ने समूहमा मिलाउने क्रममा सभापति शेरबहादुर देउवाले शर्मालाई आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाउन सकेका थिएनन् । त्यसपछि शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर जित हात पारेका थिए । सिटौलले अगाडि बढाएका देउवा प्यानलका उम्मेदवार प्रदीप पौडेल पराजित भएका थिए ।

शर्माबारे सिटौला पीडित नेताका रुपमा कांग्रेस वृत्तमा चर्चा हुने गर्छ। ११ औँ महाधिवेशनमा झापाको जिल्ला सभापतिको उम्मेदवार बनेका शर्मा सिटौलाले उम्मेदवार बनाएका उद्धव थापासँग पराजित भएका थिए ।

१२ औँ महाधिवेशन अगाडि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले नेविसंघका पूर्व अध्यक्षहरु सबैलाई केन्द्रीय सदस्य मनोनित गर्दा शार्मा छुटेका थिए । यो पटक पनि शर्मालाई रोक्न सिटौलाले प्रदीपलाई अगाडि बढाएको चर्चा चलेको थियो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ५६ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक