ब्याजदरमा पुनर्विचार गर्न बैंकहरूसँग उद्योगीको माग « Khabarhub

ब्याजदरमा पुनर्विचार गर्न बैंकहरूसँग उद्योगीको माग


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरूले मनपरी ब्याज लिने गरेकाले उद्योगी मारमा परेका जनाएको छ । परिसंघले बैंकको ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अत्यधिक र असमान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको आरोप लगाएको छ । अत्यन्तै गैर जिम्मेवारी तरिकाबाट बैंकहरूले निक्षेप ब्याजदर बृद्धि गरेको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

उनले बैंकको ज्यादतीको विषयमा आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । उद्योगी व्यवसायीलाई कारबाही गर्ने सरकारले बैकहरूका विषयमा भने मौन देखिएको आरेपसमेत उनले लगाए । मुलकका बैंक राष्ट्रको अर्थतन्त्र उकास्ने माध्यम बन्नुपर्ने बताउँदै घिमिरेले व्यापारी जस्तो नाफा कमाउने उद्देश्यले बैंक प्रेरित भएको बताए ।

पत्रकार सम्मेलनमा उद्योगी पवन सारडाले बैंकहरूको कारण वस्तु आयातमा समस्या भइरहेको बताए । बैंकमा साहुमहाजन प्रथा मौलायो, २० करोडको एलसी खोल्न कागजात पेस गरेपछि ५ करोड रुपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्तले ब्यापारमा असर परेको उनले बताए ।

वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरुले एसली खोल्न आनाकानी गरे कच्चा वस्तुको अभावमा उद्योगहरू स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी महेश जाजुको दाबी छ ।

उद्योगीले बैंकको लगानी कर्ता र उद्योगको लगानी कर्ता फरक(फरक हुनुपर्ने माग पनि गरेका छन् । परिसंघका अध्यक्ष घिमिरेले बैंक संचालकहरू र लगानीकर्ता एउटै हुनुले मुलुकको आर्थिक अवस्था लथालिङ्‍ग खालको हुने बताए ।

बैंकहरूले वैदेशिक व्यापार पैठारीको लागि खोलिने एलसी खोल्न बन्दनै गरेको अवस्था रहेको बताउँदै घिमिरेले यसबाट मुलुकको व्यापार ठप्प हुनुको साथै सामग्रीको आभाव आपूर्तिमा समस्या कच्चा पदार्थको आभावमा उद्योग कारखाना नै बन्द हुने दाबी गरेका छन् । यसबाट रोजगारी र सरकारको राजस्वमामा समेत ह्रास हुने निश्चित देखिएको परिसंघको ठहर छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ५० बजे

स्मार्ट बटन र वास‍+सहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक

काठमाडौं– सेनसेईले  नयाँ फ्रन्ट लोड वाशिंग मेसिन (मोडेल: एसडबल्युएम १० एफएल३| १० केजी) नेपाली बजारमा सार्वजनिक

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो

निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड

काठमाडौं– नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी संसदीय निर्वाचनलाई बाल

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान 

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण