कोरोना कहर कम भएपछि धूमधामसँग मनाइयो साकेला उँधौली | Khabarhub Khabarhub

कोरोना कहर कम भएपछि धूमधामसँग मनाइयो साकेला उँधौली


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोभिड–१९ को महामारी न्यून भएपछि खोटाङका राई समुदायले धूमधामका साथ साकेला उँधौली मनाउन सुरु गरेका छन् । कोभिडको महामारीका कारण दुई वर्षसम्म साकेला उभौली–उँधौली मनाउन नपाएका राई समुदायले संक्रमण दर न्यून भएपछि साकेला उँधौली भने धूमधामका साथ मनाएका हुन् ।

कोभिडको महामारी सुरु भएपछि जिल्लामा साकेला उभौली–उँधौली विधि फुकाउनमै सीमित गरिएको थियो । ढोल, झ्याम्टा र साकेला गीत गुन्जिने उभौली चाड कोभिडका कारण सुनसान बनेको थियो ।

साकेला उँधौलीको अवसरमा आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पुगेर शुभकामना आदान–प्रदान सहित बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किराँत राई यायोक्खा, किराँत सेवा समाज र मझुवा गढी संरक्षण पर्यटन प्रवर्द्धन समितिको संयुक्त आयोजनामा मझुवागढीमा साकेला सिली प्रदर्शन गर्दै साकेला उँधौली मनाइएको हो ।

कोभिडको संक्रमण दर न्यून भएपछि उधौलीमा स्थानीयको बाक्लो भिड देखिएको थियो । यस साकेला उँधौलीलाई कोभिडपछिकै बृहत् तरिकाले मनाउन सुरु गरिएको किरात सेवा समाजका अध्यक्ष दिनेश राईले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण २०७७ र २०७८ सालको साकेला उभौली–उँधौली औपचारिकतामा समिति बनेको थियो ।

आगामी शनिबार दिक्तेलको हेलिप्याडमा साकेला सिली प्रदर्शन गरिने किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए । घरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाएर पूजा गर्दै १५ दिनसम्म साकेला उँधौली मनाउने गरिन्छ ।

पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा वैशाख पूर्णिमाको अवसरमा उभौली र मंसिर पूर्णिमाको अवसरमा उँधौली मनाउने गरिन्छ ।

राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको किराँत राई यायोक्खा सचिव किरात बताउँछन् । चराचुरुङ्गी बेँसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेँसीतिर झर्ने जाडो याममा उँधौली पर्ब मान्ने प्रचलन छ ।

किराँत समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा महिना दिनसम्म मनाउने गरिन्छ । साकेलाको अवसरमा परम्परागत भेसभुसामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने प्रचलन छ ।

साकेन्वा, साकेवा, साकलालगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ ।

किराँत बसोबास रहेको प्रत्येक गाउँ युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले दिनरात गुञ्जायमान बन्ने गरेको छ । आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–ब्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्दै परिकार खाएर रमाइलो गर्ने गरिन्छ । विभिन्न जातजातिको मिश्रित बसोबास रहेको ठाउँका गैर–तिराकीले समेत जातीय सद्भाब र सांस्कृतिक सहअस्तित्वकारूपमा साकेला नाच्ने गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १० : २२ बजे

वीर अस्पताल सुधारका लागि कार्यदल गठन 

काठमाडौं– वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा

प्रतिनिधिसभा बैठक : साउदीमा अलपत्र नेपालीको उद्धार गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण

मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् ।

नेशनल लाइफले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ