कोरोना कहर कम भएपछि धूमधामसँग मनाइयो साकेला उँधौली « Khabarhub

कोरोना कहर कम भएपछि धूमधामसँग मनाइयो साकेला उँधौली


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोभिड–१९ को महामारी न्यून भएपछि खोटाङका राई समुदायले धूमधामका साथ साकेला उँधौली मनाउन सुरु गरेका छन् । कोभिडको महामारीका कारण दुई वर्षसम्म साकेला उभौली–उँधौली मनाउन नपाएका राई समुदायले संक्रमण दर न्यून भएपछि साकेला उँधौली भने धूमधामका साथ मनाएका हुन् ।

कोभिडको महामारी सुरु भएपछि जिल्लामा साकेला उभौली–उँधौली विधि फुकाउनमै सीमित गरिएको थियो । ढोल, झ्याम्टा र साकेला गीत गुन्जिने उभौली चाड कोभिडका कारण सुनसान बनेको थियो ।

साकेला उँधौलीको अवसरमा आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पुगेर शुभकामना आदान–प्रदान सहित बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किराँत राई यायोक्खा, किराँत सेवा समाज र मझुवा गढी संरक्षण पर्यटन प्रवर्द्धन समितिको संयुक्त आयोजनामा मझुवागढीमा साकेला सिली प्रदर्शन गर्दै साकेला उँधौली मनाइएको हो ।

कोभिडको संक्रमण दर न्यून भएपछि उधौलीमा स्थानीयको बाक्लो भिड देखिएको थियो । यस साकेला उँधौलीलाई कोभिडपछिकै बृहत् तरिकाले मनाउन सुरु गरिएको किरात सेवा समाजका अध्यक्ष दिनेश राईले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण २०७७ र २०७८ सालको साकेला उभौली–उँधौली औपचारिकतामा समिति बनेको थियो ।

आगामी शनिबार दिक्तेलको हेलिप्याडमा साकेला सिली प्रदर्शन गरिने किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए । घरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाएर पूजा गर्दै १५ दिनसम्म साकेला उँधौली मनाउने गरिन्छ ।

पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा वैशाख पूर्णिमाको अवसरमा उभौली र मंसिर पूर्णिमाको अवसरमा उँधौली मनाउने गरिन्छ ।

राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको किराँत राई यायोक्खा सचिव किरात बताउँछन् । चराचुरुङ्गी बेँसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेँसीतिर झर्ने जाडो याममा उँधौली पर्ब मान्ने प्रचलन छ ।

किराँत समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा महिना दिनसम्म मनाउने गरिन्छ । साकेलाको अवसरमा परम्परागत भेसभुसामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने प्रचलन छ ।

साकेन्वा, साकेवा, साकलालगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ ।

किराँत बसोबास रहेको प्रत्येक गाउँ युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले दिनरात गुञ्जायमान बन्ने गरेको छ । आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–ब्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्दै परिकार खाएर रमाइलो गर्ने गरिन्छ । विभिन्न जातजातिको मिश्रित बसोबास रहेको ठाउँका गैर–तिराकीले समेत जातीय सद्भाब र सांस्कृतिक सहअस्तित्वकारूपमा साकेला नाच्ने गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १० : २२ बजे

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत