श्वास किन गन्हाउँछ ? « Khabarhub

श्वास किन गन्हाउँछ ?


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

श्वास गन्हाउने समस्याले धेरैलाई दु:ख दिएको हुन्छ । साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा, वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ । तर कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ ।

मुख गन्हाउनुको धेरै कारणहरु हुन सक्छन्, जस्तै गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउने गर्दछ ।

धेरैले यसलाई सामान्य समस्या मान्दछन् । तर अवस्था अनुसार यो गम्भिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले समयमै मुख तथा श्वास गन्हाउने समस्याबारे जानकारी हुन आवश्यक छ ।

कस्तो अवस्थामा मुख गन्हाउने समस्या खतरनाक ?
– मुखमा घाउ खटिरा आएमा ।
– गाँठागुँठी आएमा
– गिजा पाकेमा
– दाँतमा किरा लागेमा
– खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा
यस्ता समस्या भएमा मुखको क्यान्सर, मधुमेह, स्वास प्रश्वासनलीमा, मृगौलामा समस्या उत्पन्न भएको हुनसक्छ ।

मुख गन्हाउने समस्याबाट बच्न के गर्ने ?
– नियमित बिहान बेलुका राम्ररी ब्रस गर्नुहोस् ।
– मुखमा घाउ भए मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने ।
– निमको पातलाई पिसेर मनतातो पानीमा हालेर कुल्ला गर्ने ।
– बाहिर निस्कदा चुइगम, ल्वाङ, सुकुमेल टुक्रा चपाउने ।
– समस्या दीर्घकालिन देखिएमा चिकित्सकको परामर्श लिने ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : २५ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ