श्वास किन गन्हाउँछ ? « Khabarhub

श्वास किन गन्हाउँछ ?


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

श्वास गन्हाउने समस्याले धेरैलाई दु:ख दिएको हुन्छ । साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा, वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ । तर कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ ।

मुख गन्हाउनुको धेरै कारणहरु हुन सक्छन्, जस्तै गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउने गर्दछ ।

धेरैले यसलाई सामान्य समस्या मान्दछन् । तर अवस्था अनुसार यो गम्भिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले समयमै मुख तथा श्वास गन्हाउने समस्याबारे जानकारी हुन आवश्यक छ ।

कस्तो अवस्थामा मुख गन्हाउने समस्या खतरनाक ?
– मुखमा घाउ खटिरा आएमा ।
– गाँठागुँठी आएमा
– गिजा पाकेमा
– दाँतमा किरा लागेमा
– खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा
यस्ता समस्या भएमा मुखको क्यान्सर, मधुमेह, स्वास प्रश्वासनलीमा, मृगौलामा समस्या उत्पन्न भएको हुनसक्छ ।

मुख गन्हाउने समस्याबाट बच्न के गर्ने ?
– नियमित बिहान बेलुका राम्ररी ब्रस गर्नुहोस् ।
– मुखमा घाउ भए मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने ।
– निमको पातलाई पिसेर मनतातो पानीमा हालेर कुल्ला गर्ने ।
– बाहिर निस्कदा चुइगम, ल्वाङ, सुकुमेल टुक्रा चपाउने ।
– समस्या दीर्घकालिन देखिएमा चिकित्सकको परामर्श लिने ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : २५ बजे

ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा

इरानसँग चाँडै सम्झौता हुन्छ : विदेशमन्त्री रुबियो

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक

पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सेवा सञ्चालन गरिने

काठमाडौं– आवश्यक पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स

भारत भ्रमणमा रहेका रुबियो उच्चस्तरीय भेटवार्तामा व्यस्त

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा व्यस्त छन्