आजको मौसम : पहाडका केही भाग र तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने « Khabarhub

आजको मौसम : पहाडका केही भाग र तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

तीन प्रदेशमा आंशिकदेखि सामान्य बदली


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले मौसममा बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै देशका पहाडी भुभागका केही स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागिरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति: प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा विभिन्न भू-भागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा विहानको समयमा बाक्लो हुस्सु/ कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : १२ बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ