सुनील यसरी बने गुत्थी « Khabarhub

सुनील यसरी बने गुत्थी


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारतीय टेलिभिजन शोलाई मनपराउने जोकोही दर्शक ‘गुत्थी’, ‘रिंकु भाभी’ र ‘डाक्टर मशुहर गुलाटी’ चरित्रसँग परिचित छन् ।

किनकी यी चरित्रमा अभिनय गर्ने कलाकार सुनील ग्रोवर हुन् । ‘कमेडी नाइट्स विद कपिल’ र ‘द कपिल शर्मा शो’को यो भूमिकाले उनलाई रातारात ख्याति दियो । तर आज उनी कमेडीबाट केही पछाडि हटेर केही फरक भूमिकामा पाइला चालिरहेका छन् । हालै रिलिज भएको वेब सिरिज ‘ताण्डब’ मा उनी यस्तै एक प्रमुख भूमिकामा देखिएका छन् ।

हरियाणाबाट मुम्बई यात्रा
सुनीलको जन्म सन् १९७७ अगस्ट ३ मा हरियाणाको शहर डबवालीमा भएको थियो । उनले स्कुलको शिक्षा आर्य विद्या मन्दिर डबवालीबाट लिए । उनले बाँकी पढाई गुरुनानक कलेजबाट पुरा गरे ।

सुनीलका पिता जेएन ग्रोव स्टेट बैंक अफ बीकानेर एण्ड जयपुरमा मेनेजर थिए । अहिले उनी रिटायर्ड भइसकेका छन् । पन्जाब विश्वविद्यालयको थिएटर विभागबाट पीजी गरेपछि सुनील अभिनयको भाग्य चम्काउन मुम्बई आएका थिए ।

टेलिभजिनमा जोडिनु अघि उनी नयाँदिल्लीको रेडियो स्टेसन रेडियो मिर्चीमा काम गर्थे । उनले रेडियोमा ‘हँसी के फब्बारे’ कार्यक्रम चलाए । जुन कार्यक्रम निकै लोकप्रिय बन्यो । रेडियोमा उनको चरित्रको नाम सुदर्शन थियो ।

जसपालले चिने प्रतिभा
सुनीलले आफ्नो फिल्मी डेब्यू फिल्म ‘प्यार तो होना ही था’बाट सुरू गरेका थिए । उनको प्रतिभालाई प्रख्यात कमेडियन जसपाल भट्टीले पहिचान गरेका थिए ।

जसपालमार्फत नै उनले कैयौं शोको अफर पाए । सुनीलको लोकप्रिय भूमिका ‘गुत्थी’को पछाडि एउटा रोचक कथा छ । सुनीलले यो भूमिकाको प्रेरणा आफ्नो कलेजकी एक साथीबाट पाएका थिए । त्यही साथीबाट प्रभावित भएर निभाएको ‘गुत्थी’ चरित्र उनका लागि टर्निङ प्वाइन्ट बनिदियो ।

सुनीलका अनुसार उनी आफ्नो प्रस्तुति दिनु अघि श्रीमति आरतीलाई आफ्ना सबै जोक सुनाउथे । किनकी त्यो जोकले दर्शकमा कस्तो प्रभाव पार्छ भन्ने जान्न उनले यो सूत्र अपनाएका थिए ।

उनले जोक सुनाउँदा आरती हासिन् भने दर्शकले मनपराउनेमा ढुक्क थिए भने आरतीले कुनै प्रतिक्रिया जनाइनन् भने उनी हसाउने फर्मुला खोज्दथे । सुनीलकी श्रीमति पेशाले इन्टेरियर डिजाइनर हुन् । उनीहरूका एक छोरा छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ३२ बजे

बुटवलमा सडक र फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामा चल्याे डाेजर

काठमाडौं– बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ

इरान-अमेरिका वार्तामा सम्झौताप्रति आशा

एजेन्सी– इरानसँगको शान्ति वार्ताको दोस्रो चरण अघि बढाउने विषयमा पाकिस्तानमार्फत

ऋषिङमा दुई झोलुङ्गे पुल निर्माण

दमौली– तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन्

कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेट : महानगर र प्रहरीको सहकार्य बलियो बनाइने 

काठमाडौं– सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौं महानगरपालिका

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर‍– हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन