साग सम्पन्न भएको एक वर्षपछि सबै समिति विघटन « Khabarhub

साग सम्पन्न भएको एक वर्षपछि सबै समिति विघटन


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।

१३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानिय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय माघ ५ गतेदेखि विघटन गर्ने निर्णय गरिएको हो ।

बैठकले १३ औं सागको सफलताका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, नेपाल सरकार मन्त्री परिषद्, युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, पर्यटन मन्त्रालय, वन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय सरकार वाग्मती प्रदेश, गण्डकी प्रदेश र २ नं. प्रदेश, काठमाडौँ, पोखरा र ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, विभिन्न संघ संस्था, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, प्रायोजकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न समितिहरु, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल, राष्ट्रिय संघहरु, खेलाडीहरु, कर्मचारीहरु, पत्रकारहरु, दर्शकहरु र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबैमा १३ औं दक्षिण एशियाली खेलकुद आयोजक समितिका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिने निर्णय पनि गरेको छ ।

२६ खेल समावेश १३ औं साग २०७६ साल मंसिर १५ देखि २४ गतेसम्म भएको थियो । ऐतिहासिक सफलता हात पार्ने क्रममा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी २ सय ७ पदक जितेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ०९ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि