चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन | Khabarhub Khabarhub

चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– चुरे संरक्षण अभियानले मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गरेका छन् । मंगलबार चुरे तथा वन जङ्गल संरक्षण अभियानले चुरे बचाउन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी विरोध प्रर्दशन गरेका हुन् । यद्यपी उक्त क्षेत्रमा आन्दोलन र प्रर्दशन निषेध रहेकाले प्रहरी प्रर्दशनकारीलाई रेल्वे लिक भन्दा अगाडी जान दिएनन् ।

रेलवे स्टेशनबा सुरू भएको प्रर्दशन भानु चोक हुँदै मुख्यमन्त्री कार्यालय पुगेको थियो । प्रर्दशनकारीले भ्रष्ट मन्त्री राजीनामा देऊ, चुरे माफियालाई कारवाही गर, अवैध रुपमा खोला उत्खनन गर्न पाउदैनन् र महोत्तरी वनको प्रमूखलाई कारवाही गर लगायतको नाराबाजी गर्दै प्रर्दशन गरेका छन् ।

प्रर्दनकारीले कार्यालयको अगाडी गएर आफ्नो आवाज राख्न माग गर्दा प्रहरीले बल प्रयोग गरी रोकेका थिए । केही समय प्रहरी र प्रर्दशनकारी बीच खिचातानीसमेत भएको थियो । चुरे बचाउ संघर्ष समितिका प्रदेश संयोजक संयोजक सुनिलकुमार यादवले चुरे जोगाउन पटक पटक सरकारलाई पत्राचार गरेपनि वेवास्ता गरेकाले ध्यानाकर्षण स्वरुप पर्दशन गरेको बताए ।

संयोजक यादवका अनुसार अभियानले चरणबद्ध आन्दोलन सुरू गरेको छ । अभियानले महोत्तरी जिल्लाका बनका डेफो हेमनत साहमाथि मुद्दा चलाउन समेत माग गरेको छ । वन प्रमुख साहले महोतरीको रम्तेल डाडा सामुदायीक वनको अनाधिकृतरुपमा तस्कर संग मिलेर चार सय रुख कटान गरेको आरोप लगाएका छन् ।

‘वनको प्रमूखलाई बचाउन सानो कर्मचारीलाई मात्र कारवाही गरेको छ,’उनले भने, ‘वन फडानी गर्न निर्देशन दिएको हाकीमलाई उम्काउने प्रयास हुँदै छ ।’ अभियानले मिथिला नगरपालिकाका ओम प्रकाश भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्नु पर्ने, प्रदेश २ सरकारले अनुमती दिएका क्रसर उद्योगमा छानबीन गरी मापदण्ड विपरीतलाई तत्काल बन्द गर्नुपर्ने र सिरहामा सञ्चालित मारुती सिमेन्टले कानुन विपरीत अतिक्रमण गरेको जग्गा पुनः वनको नाममा फिर्ता हुनु पर्ने माग गरेका छन् ।

यस्तै रौतहटमा सागरनाथ वन विकास परियोजनाको अतिक्रमित दुई सय हेक्टर जग्गा फिर्ता गर्नु पर्ने र विपि पुष्पलाल सामुदायिक वन रौतहटको एकसय हेक्टर अतिक्रमित जग्गा फिता गर्नुपर्ने लगायतको माग राखेका छन् ।

अभियानले माघ ८ गते रौतहटको गौर, माघ ९ गते सलार्हीको मलंगवा, माघ ११ गते महोत्तरीको जलेश्वर, माघ १३ गते सिरहामा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ४० बजे

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुर– कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ ।

युवाको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गरौँ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक

किसानलाई ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री

महेन्द्रनगर– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष

भत्किएको पुल पुनःनिर्माण नहुँदा धरान हरियालीका स्थानीय समस्यामा

धरान– धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको

विपद्जन्य सूचना प्रवाह प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

काठमाडौं– विपदजन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री