अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना संक्रमण « Khabarhub

अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना संक्रमण


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७४ हजार ३७८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४८ लाख ९ हजार ८४१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ४७ लाख ८६ हजार ८८६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ११ हजार ४३५ जनामध्ये २८ हजार ४१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८०२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बुधबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ११ हजार ५२० पुगेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १ : ३० बजे

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र