भारतले दियो नेपाललाई १० लाख डोज खोप, बिहीबार काठमाडौँ आइपुग्ने (भिडियोसहित) « Khabarhub

भारतले दियो नेपाललाई १० लाख डोज खोप, बिहीबार काठमाडौँ आइपुग्ने (भिडियोसहित)



काठमाडौँ– भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरूद्धको खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतले १० लाख डोज उपलब्ध गराएको घोषणा गरेको हो । भारतले अनुदानमा दिएको खोप बिहीबार नै काठमाडौँ आइपुग्नेछ । प्राप्त खोप ३ % सफाइकर्मी, स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर वितरण गरिने जनाइएको छ ।

प्रथम चरणको यो खोपले नेपालमा अग्रपंक्तिमा खटिने योद्धाहरूलाई कोरोनाविरूद्ध लड्न मद्दत पुर्‍याउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए ।  बाँकीका लागि दोस्रो चरणमा खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।

स्वास्थ मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यो भ्याक्सिन नेपाललाइ पहिलो प्राथमिकतामा राखेर उपहार स्वरुप दिएको बताए ।

हेर्नुहोस् भिडियो

भारतले नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ भारतमा गत शनिबारदेखि नै लगाइरहेको छ ।

औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।

कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो

कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोरोनाविरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको थियो ।

नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने सरकारको योजना छ ।

नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसंख्या रहेको र उनीहरूलाई खोप लगाइने छैन । सरकारले खोप ल्याउन ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोनाविरुद्धको खोप भण्डारणका लागि सरकारले सबै तयारी पूरा भएको जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  २ : ३० बजे

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका