भारतले दियो नेपाललाई १० लाख डोज खोप, बिहीबार काठमाडौँ आइपुग्ने (भिडियोसहित) « Khabarhub

भारतले दियो नेपाललाई १० लाख डोज खोप, बिहीबार काठमाडौँ आइपुग्ने (भिडियोसहित)



काठमाडौँ– भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरूद्धको खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतले १० लाख डोज उपलब्ध गराएको घोषणा गरेको हो । भारतले अनुदानमा दिएको खोप बिहीबार नै काठमाडौँ आइपुग्नेछ । प्राप्त खोप ३ % सफाइकर्मी, स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर वितरण गरिने जनाइएको छ ।

प्रथम चरणको यो खोपले नेपालमा अग्रपंक्तिमा खटिने योद्धाहरूलाई कोरोनाविरूद्ध लड्न मद्दत पुर्‍याउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए ।  बाँकीका लागि दोस्रो चरणमा खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।

स्वास्थ मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यो भ्याक्सिन नेपाललाइ पहिलो प्राथमिकतामा राखेर उपहार स्वरुप दिएको बताए ।

हेर्नुहोस् भिडियो

भारतले नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ भारतमा गत शनिबारदेखि नै लगाइरहेको छ ।

औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।

कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो

कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोरोनाविरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको थियो ।

नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने सरकारको योजना छ ।

नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसंख्या रहेको र उनीहरूलाई खोप लगाइने छैन । सरकारले खोप ल्याउन ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोनाविरुद्धको खोप भण्डारणका लागि सरकारले सबै तयारी पूरा भएको जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  २ : ३० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं