अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली शुरु हुँदै | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली शुरु हुँदै


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो ।

तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिने छ । जसमा सरकारी र निजी क्षेत्र रहनेछन् । भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुनेछ ।

लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरु विभाग तथा कार्यालयहरुमा पुगिराख्नु पर्ने छैन । सबै अनलाइन मार्फत काम हुने छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने बताए ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको बताए ।

कृषि तथा पशुपंछि विकास पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताउँदै सबै निकायमा पूर्ण रुपमा लागू गर्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले एकद्वार प्रणालीलेले राजस्व परिचालनमा थप सहयोग पुर्याउने बताए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिए । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंछि विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ५९ बजे

चुनाव सफल बनाउने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि

सबै मिलेर तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न लागौँ : नेता थानी

सुर्खेत- नेपाली कांग्रेसका नेता हृदयराम थानीले सबै राजनीतिक दल मिलेर

ठगी प्रकरणमा पक्राउ परे एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन

काठमाडौं- प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका

एरिका र प्रशिक्षक श्रेष्ठ नगदसहित सम्मानित

काठमाडौं- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल

सिरहामा कुटपिटबाट एक महिलाको मृत्यु

सिरहा- सिरहाको लहान नगरपालिका–५, खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी