बाहिरी गतिविधिले अदालत प्रभावित हुँदैन : न्यायाधीश सिन्हा | Khabarhub Khabarhub

बाहिरी गतिविधिले अदालत प्रभावित हुँदैन : न्यायाधीश सिन्हा


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनविरुद्धको मुद्दा सुनुवाइ संवैधानिक इजलासमा जारी रहँदा न्यायाधीशहरुले दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित हुन नदिने बताएका छन् ।

बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा न्यायाधीश अनिलकुमार सिन्हाले संसद विघटनका विषयमा बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् ।

बहसका क्रममा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीको अभिव्यक्ति शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भन्दै त्यसले अदालतको कार्यक्षेत्रलाई हस्तक्षेप गरिरहेको बताएका थिए ।

‘कार्यपालिका प्रमुखले शक्तीपृथकीकरणको सिद्धान्त विपरीत बोल्न हुदैन । उहाँले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहनुभएको छ’ न्यौपानेले बताए ।

उनलाई रोक्दै न्यायाधीश सिन्हाले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं ।’

*यसअघि भूलवश प्रधानन्यायाधीश उल्लेख भएकाले सच्याइएको छ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ०० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल