यसकारण औषधि हो गहुँको जमरा | Khabarhub Khabarhub

यसकारण औषधि हो गहुँको जमरा


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँगहुँको जमरामा रोगप्रतिरोधी अत्भुत शक्ति छ भनि पत्ता लाउने अमेरिकन लेडी डा. अन्ना विगभोर (डी.डी.एन.डी, पी.एस.डी., पी.डब्लु.डी., एस.,एम.डी.) हुन् ।

विभिन्न पशुहरूमा गरिएको यसको अनुसन्धान तथा प्रयोगबाट गहुँको जमरा सर्वरोग नाषक महाऔषधि भएको उनले दाबी गरेकी हुन् । उनका अनुसार १२.८ प्रतिशत प्रोटिन, ७१.२ प्रतिशत कार्वोज, १.५ प्रतिशत खनिज लवण, ०.५ प्रतिशत क्याल्सियम, ०.१२ प्रतिशतफसफोरस, ५.३ प्रतिशत फलामको तत्व पाइन्छ ।

१०० ग्राम जमरामा १.८ आई.यू भिटामिन ए, १.८० बी कम्प्लेक्स, भिटामिन ई तथा ल्याटिन नामक तत्वसमेत पाइन्छ ।

जब गहुँ जमरामा परिणत हुन्छ यसमा जीवन तत्व क्लोरोफिल र ई. भिटामिनको भण्डारै बन्न पुग्छ । जमराको रस मानिसको रगतसँग ४० प्रतिशत मेल खानुका साथै तुरुन्त रगतसँग पुगि रोगसित लडाइँ गर्न थाल्छ । चोकर नफाली गहुँको रोटी खानु अत्यन्त पौष्टिक मानिन्छ ।

फाइदाहरू

रोग प्रतिरोध शक्ति बढाउँछ । किटाणुले जमराको तत्वसँग लड्न सक्दैनन्

क्यान्सर र तथा अन्य घातक रोगसँग लड्न मद्दत गर्छ

शारीरिक, मानसिक कमजोरी र बुढोपना हुन नदिँन चामत्कारी काम गर्छ

शिरका सेता रौँ काला हुन्छन् । हराइसकेको यौन जागृत हुन्छ

भिटामिन को भण्डारले बाँझोपनको उपचारमा सहयोग पुग्छ

आँखाको लागि अत्यन्त ठूलो ज्योती बन्छ

पित्त थैली र मुत्राशयमा भएको पत्थरीसमेत जलाउन सक्ने क्षमता पाइन्छ

पेट सफा गरी एक महिनासम्म प्राकृतिक आहार विहारसँग गहुँको जमरा सेवन गर्नाले मानिसको आयु बढाउँछ

‍बाल बालिकालाई यसको रस खुवाउँदा शारीरिक सुगठन, वृद्धि र दिमागको विलक्षण विकास भएको पाइएको छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : १५ बजे

बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान

जलवायु परिवर्तनले लाखौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले जलवायु परिवर्तनको कारण

केपी ओलीले ढोका नखोलेपछि प्रचण्ड-माधवसँग मिसिँदै भीम रावल

काठमाडौं- वाम एकताको चर्चा चलिरहेका बेलामा नेताहरू छिन्नभिन्न भएर आफ्नो

चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता

एजेन्सी– दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपश्चिम गुसान

प्रहरी कार्यालयमा आगजनी गर्ने १० जना पक्राउ

दमक– जेन-जी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा