यसकारण औषधि हो गहुँको जमरा « Khabarhub

यसकारण औषधि हो गहुँको जमरा


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गहुँको जमरामा रोगप्रतिरोधी अत्भुत शक्ति छ भनि पत्ता लाउने अमेरिकन लेडी डा. अन्ना विगभोर (डी.डी.एन.डी, पी.एस.डी., पी.डब्लु.डी., एस.,एम.डी.) हुन् ।

विभिन्न पशुहरूमा गरिएको यसको अनुसन्धान तथा प्रयोगबाट गहुँको जमरा सर्वरोग नाषक महाऔषधि भएको उनले दाबी गरेकी हुन् । उनका अनुसार १२.८ प्रतिशत प्रोटिन, ७१.२ प्रतिशत कार्वोज, १.५ प्रतिशत खनिज लवण, ०.५ प्रतिशत क्याल्सियम, ०.१२ प्रतिशतफसफोरस, ५.३ प्रतिशत फलामको तत्व पाइन्छ ।

१०० ग्राम जमरामा १.८ आई.यू भिटामिन ए, १.८० बी कम्प्लेक्स, भिटामिन ई तथा ल्याटिन नामक तत्वसमेत पाइन्छ ।

जब गहुँ जमरामा परिणत हुन्छ यसमा जीवन तत्व क्लोरोफिल र ई. भिटामिनको भण्डारै बन्न पुग्छ । जमराको रस मानिसको रगतसँग ४० प्रतिशत मेल खानुका साथै तुरुन्त रगतसँग पुगि रोगसित लडाइँ गर्न थाल्छ । चोकर नफाली गहुँको रोटी खानु अत्यन्त पौष्टिक मानिन्छ ।

फाइदाहरू

–रोग प्रतिरोध शक्ति बढाउँछ । किटाणुले जमराको तत्वसँग लड्न सक्दैनन्

–क्यान्सर र तथा अन्य घातक रोगसँग लड्न मद्दत गर्छ

–शारीरिक, मानसिक कमजोरी र बुढोपना हुन नदिँन चामत्कारी काम गर्छ

–शिरका सेता रौँ काला हुन्छन् । हराइसकेको यौन जागृत हुन्छ

–भिटामिन ‘ई’को भण्डारले बाँझोपनको उपचारमा सहयोग पुग्छ

–आँखाको लागि अत्यन्त ठूलो ज्योती बन्छ

–पित्त थैली र मुत्राशयमा भएको पत्थरीसमेत जलाउन सक्ने क्षमता पाइन्छ

–पेट सफा गरी एक महिनासम्म प्राकृतिक आहार विहारसँग गहुँको जमरा सेवन गर्नाले मानिसको आयु बढाउँछ

–‍बाल बालिकालाई यसको रस खुवाउँदा शारीरिक सुगठन, वृद्धि र दिमागको विलक्षण विकास भएको पाइएको छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : १५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति