यसकारण औषधि हो गहुँको जमरा « Khabarhub

यसकारण औषधि हो गहुँको जमरा


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँगहुँको जमरामा रोगप्रतिरोधी अत्भुत शक्ति छ भनि पत्ता लाउने अमेरिकन लेडी डा. अन्ना विगभोर (डी.डी.एन.डी, पी.एस.डी., पी.डब्लु.डी., एस.,एम.डी.) हुन् ।

विभिन्न पशुहरूमा गरिएको यसको अनुसन्धान तथा प्रयोगबाट गहुँको जमरा सर्वरोग नाषक महाऔषधि भएको उनले दाबी गरेकी हुन् । उनका अनुसार १२.८ प्रतिशत प्रोटिन, ७१.२ प्रतिशत कार्वोज, १.५ प्रतिशत खनिज लवण, ०.५ प्रतिशत क्याल्सियम, ०.१२ प्रतिशतफसफोरस, ५.३ प्रतिशत फलामको तत्व पाइन्छ ।

१०० ग्राम जमरामा १.८ आई.यू भिटामिन ए, १.८० बी कम्प्लेक्स, भिटामिन ई तथा ल्याटिन नामक तत्वसमेत पाइन्छ ।

जब गहुँ जमरामा परिणत हुन्छ यसमा जीवन तत्व क्लोरोफिल र ई. भिटामिनको भण्डारै बन्न पुग्छ । जमराको रस मानिसको रगतसँग ४० प्रतिशत मेल खानुका साथै तुरुन्त रगतसँग पुगि रोगसित लडाइँ गर्न थाल्छ । चोकर नफाली गहुँको रोटी खानु अत्यन्त पौष्टिक मानिन्छ ।

फाइदाहरू

रोग प्रतिरोध शक्ति बढाउँछ । किटाणुले जमराको तत्वसँग लड्न सक्दैनन्

क्यान्सर र तथा अन्य घातक रोगसँग लड्न मद्दत गर्छ

शारीरिक, मानसिक कमजोरी र बुढोपना हुन नदिँन चामत्कारी काम गर्छ

शिरका सेता रौँ काला हुन्छन् । हराइसकेको यौन जागृत हुन्छ

भिटामिन को भण्डारले बाँझोपनको उपचारमा सहयोग पुग्छ

आँखाको लागि अत्यन्त ठूलो ज्योती बन्छ

पित्त थैली र मुत्राशयमा भएको पत्थरीसमेत जलाउन सक्ने क्षमता पाइन्छ

पेट सफा गरी एक महिनासम्म प्राकृतिक आहार विहारसँग गहुँको जमरा सेवन गर्नाले मानिसको आयु बढाउँछ

‍बाल बालिकालाई यसको रस खुवाउँदा शारीरिक सुगठन, वृद्धि र दिमागको विलक्षण विकास भएको पाइएको छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : १५ बजे

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा