उच्च पहाडी भेगमा आज हिमपातको सम्भावना (तीन दिनको पूर्वानुमानसहित) « Khabarhub

उच्च पहाडी भेगमा आज हिमपातको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पश्चिम वायुको प्रभावले आज उच्चपहाडी तथा हिमाली  भेगमा हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी  भू-भागमा अहिले आंशिक बदलीको अवस्था छ । दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार र सोमबार भने मौसममा उल्लेख्य बदलाव नहुने जनाइएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन ०८ गते (शनिबार)

दिउँसो :  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फागुन ०९ गते (आइतबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फागुन १० गते (सोमबार)

दिउँसो :   देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको  मौसम सामान्यतया सफा रहनेछ ।

राति :  देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको  मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ३० बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा