भक्तपुरको इटा भट्टामा सुदीपले देखेको सपना | Khabarhub Khabarhub

भक्तपुरको इटा भट्टामा सुदीपले देखेको सपना



काठमाडौँ— गत माघको अन्तिम साताको एक बिहान भक्तपुरको जगातीस्थित ‘ओके’ नामको इटा भट्टमा भेटिए दाङका किशोर दाजुभाइ सुदीप बुढामगर र राजन बुढामगर । सुदीप १६ वर्षका र राजन १३ वर्षका भए । उनीहरू निकै हतारमा इटा एक ठाउँबाट अर्को ठाउँमा ओसारिरहेका थिए ।

त्यहाँ करिब पन्ध्र जना कामदारहरू इटा बोक्ने काममा व्यस्त थिए । टाउकोमा इट्टाको भारी बोक्न सजिलोका लागि सबैले बाक्लो फेटा बाँधेका थिए । झट्ट हेर्दा सबै कामदार किशोर उमेरका जस्ता देखिन्थे । इटा बोक्ने जाँगर सबैको बराबर जस्तो देखिन्थ्यो । उनीहरू धेरै इट्टा बोक्ने प्रतिस्पर्धा गरिरहेका थिए ।

यी दाजुभाइ रहरले दाङबाट यहाँ आएका होइनन् । रहर त पढ्नको थियो तर पढाइ छाडेर काम गर्नु उनीहरूको बाध्यता हो । दुवै जनाले चार कक्षासम्म पढेका छन् । आफूलाई चाहिने कुरा पढ्न सक्छन् । गरिबीले उनीहरूलाई बाल्यकालमै कठिन श्रममा धकेलेको हो ।

निकै हतारमा इटा बोकिरहेका मध्ये एक जना एक छिन रोकिएर कुरा गर्न तयार भए । यी रहेछन् सुदीप । एक छिन रोकिँदा पनि उनलाई घाटा हुन्छ । जति धेरै इँटा बोक्यो उति धेरै पैसा हात लाग्छ । आरिख उनी पैसा कमाउनै त आएका हुन् !

उनीहरूले बस्न र खान पैसा तिर्नुपर्दैन । बस्नलाई इटा भट्टा परिसरमै एउटा छाप्रो छ । खाना सबैलाई एकै ठाउँमा पाक्छ । गत वर्ष दुई दाजुभाइले तीन लाख रुपैँया कमाइ गरे । सुदीपका अनुसार काम ठिकै लागेको छ, कमाइ पनि भएकै छ तर यहाँ धेरै जाडो रहेछ ।

सुदीपलाई स्कुल गएर पढ्न मन छ तर घर चलाउन पैसा नकमाई भएको छैन । उनी भन्छन्, ‘पढ्न मन छ तर काम नगरी खान पाइँदैन । स्कूल जाने फुर्सद हुँदैन ।’ उनीहरू गत वर्षको कमाइले लोभिएर यसपालि पनि इटा भट्टामै आएका हुन् । माघको सुरुमा आएका उनीहरू चैत लागेपछि घर फर्किनेछन् ।

यता इटा बोक्ने त तीन महिनामात्रै हो । तीन महिनाको कमाइ बोकेर गाउँ फर्किनु छ । उनीहरू आमाबुबालाई काम सघाउँछन् । गाउँमा पनि ज्यालादारीमा काम गर्छन् तर यताको जति कमाइ हुँदैन । सुदीप भन्छन्, ‘गाउँमा काम गर्छौं, ढुङ्गा बोक्छौँ, घर बनाएको ठाउँमा काम गर्छौं तर सधैँ पाइँदैन, कमाइ पनि धेरै हुँदैन ।’

दुई दाजुभाइले तीन महिनामा कमाएको पैसाले वर्षभरिलाई घरखर्च पुग्छ । यसपालि त उनीहरूले कोरोना भाइरसका कारणले गाउँमा धेरै दिन काम गर्न पनि पाएनन् । गाउँमा हुने अलिअलि कमाइ पनि ठप्पै भयो । सुदीपले भने, ‘लकडाउन भएपछि धेरै गाह्रो भयो, दुई पटक राहत पनि लियौँ तर त्यसले कति दिन पुग्थ्यो र !’

इटाको भारी ट्रकसम्म पुर्‍याउनु उनीहरूको काम हो । बिहान ६ बजेदेखि १० बजेसम्म काम गर्छन् र खाना खाएर चार घण्टा आराम गर्छन् । त्यसपछि फेरि चार घण्टा काम गर्छन् । कामदारहरू बीच धेरै इटा बोक्ने होडबाजी चल्छ । यसमै कुदाकुद हुन्छ ।

उनीहरू आफ्नो पारिश्रमिक घर जाने बेलामा एकैमुष्ठ लिन्छन् । सुदीप भन्छन्, ‘तीन महिनामा एक जनाको डेढ लाखसम्म पाउँछौँ दुई जनाकै गर्दा तीन लाख हुन्छ । पैसा लगेर आमाबुबालाई बुझाउँछौँ ।’

सुदीप पैसा कमाउन विदेश जाने विचारमा छन् । भाइ पनि विदेश जाने उमेरको भएपछि दुवै जना एकै पटक जाने सुदीपको विचार छ । उनले पढ्ने आशा मारिसकेका छन् । बरु विदेशमा पैसा कमाएर फर्किने र स्वदेशमा व्यवसाय गर्ने उनको सपना छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : २८ बजे

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी – बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५

धरानमा सङ्गीत जात्रा महोत्सव 

धरान – ‘गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन

अर्थसंक्षेप : २९ अंकले बढ्यो नेप्से, रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

काठमाडौं– आज नेप्से २९ अंकले बढ्यो । उत्तरी रसुवाको टिमुरेस्थित

माओवादीले माग्यो ऋषिकेशको राजीनामा, ऋषिकेशको जवाफ-परीक्षामा समावेश हुन तयार छु

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका

पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैन : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई