नाकबाट रगत बग्ने समस्या छ ? यसरी गर्नुहोस् घरेलु उपचार « Khabarhub

नाकबाट रगत बग्ने समस्या छ ? यसरी गर्नुहोस् घरेलु उपचार


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गर्मीमा अचानक नाकबाट रगतको धारा बग्न थाल्दछ । यसलाई नै रक्तपित्त रोग भनिन्छ ।

गर्मीमा भ्रमण, श्रम, मैथुन, शोक बाहेक तातो, पीरो, कटु नुन र अमिलो धेरै खाँदा पित्त तातेर रगतलाई तताइदिन्छ । तब रगत नाकबाट निस्किन्छ ।

घरेलु उपचार

१.    जसको नाक, आँखा, कान या मुखबाट रगत निस्किन्छ, त्यसलाई हर्रो, त्रिफला, निसोथ प्रयोगबाट रक्तपित्त ठीक हुन्छ ।

२.    जसको नाक, कान, मुखबाट रगत निस्किन्छ, त्यसलाई उल्टी गराउनाले रक्तपित्त ठीक हुन्छ ।

३.    अनार पुष्परस या हर्रोलाई चिसो पानीमा पिसेर त्यो पानीको वाफ लिनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

४.    दूबो र अमलालाई चिसो पानीमा पिसेर मस्तिष्कमा लेप गर्नाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

५.    पाकेको गुलेर (एक प्रकारको रुख) या खजूर या अंगुरलाई महसँग खानाले रक्तपित्त ठीक हुन्छ ।

६.    धनियाँ, अमला, अडूसा, अंगुर तथा पित्तपापडलाई पानीमा भिजाएर त्यही पानीमा पिस्नुहोस् र १६ ग्रामको मात्रामा छानेर पिउनाले रक्तपित्त ठीक हुन्छ ।

७.    प्याजको रस नाकमा हाल्नाले रक्तपित्त बन्द हुन्छ ।

८.    चिसो पानीले घीउलाई सात पटक धोएर मस्तिष्कमा लेप गर्नाले रक्तपित्त ठीक हुन्छ ।

९.    अंगुर, चन्दन, लोध, गोंदनीको फूललाई मसिनो पिसेर महसँग दैनिक दस दिनसम्म सेवन गर्नाले सबै प्रकारको रक्तपित्त ठीक हुन्छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : १० बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको