नाकबाट रगत बग्ने समस्या छ ? यसरी गर्नुहोस् घरेलु उपचार « Khabarhub

नाकबाट रगत बग्ने समस्या छ ? यसरी गर्नुहोस् घरेलु उपचार


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गर्मीमा अचानक नाकबाट रगतको धारा बग्न थाल्दछ । यसलाई नै रक्तपित्त रोग भनिन्छ ।

गर्मीमा भ्रमण, श्रम, मैथुन, शोक बाहेक तातो, पीरो, कटु नुन र अमिलो धेरै खाँदा पित्त तातेर रगतलाई तताइदिन्छ । तब रगत नाकबाट निस्किन्छ ।

घरेलु उपचार

१.    जसको नाक, आँखा, कान या मुखबाट रगत निस्किन्छ, त्यसलाई हर्रो, त्रिफला, निसोथ प्रयोगबाट रक्तपित्त ठीक हुन्छ ।

२.    जसको नाक, कान, मुखबाट रगत निस्किन्छ, त्यसलाई उल्टी गराउनाले रक्तपित्त ठीक हुन्छ ।

३.    अनार पुष्परस या हर्रोलाई चिसो पानीमा पिसेर त्यो पानीको वाफ लिनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

४.    दूबो र अमलालाई चिसो पानीमा पिसेर मस्तिष्कमा लेप गर्नाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

५.    पाकेको गुलेर (एक प्रकारको रुख) या खजूर या अंगुरलाई महसँग खानाले रक्तपित्त ठीक हुन्छ ।

६.    धनियाँ, अमला, अडूसा, अंगुर तथा पित्तपापडलाई पानीमा भिजाएर त्यही पानीमा पिस्नुहोस् र १६ ग्रामको मात्रामा छानेर पिउनाले रक्तपित्त ठीक हुन्छ ।

७.    प्याजको रस नाकमा हाल्नाले रक्तपित्त बन्द हुन्छ ।

८.    चिसो पानीले घीउलाई सात पटक धोएर मस्तिष्कमा लेप गर्नाले रक्तपित्त ठीक हुन्छ ।

९.    अंगुर, चन्दन, लोध, गोंदनीको फूललाई मसिनो पिसेर महसँग दैनिक दस दिनसम्म सेवन गर्नाले सबै प्रकारको रक्तपित्त ठीक हुन्छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : १० बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका