शुक्र ग्रहको राशी परिवर्तन हुँदा कसलाई कस्तो प्रभाव ? | Khabarhub Khabarhub

शुक्र ग्रहको राशी परिवर्तन हुँदा कसलाई कस्तो प्रभाव ?


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भौतिक सुख सम्पन्नता, प्रेम रोमान्स र विवाहका कारक ग्रह शुक्र गत साता फागुन २ गतेबाट अस्त भएको थियो । तर सोहि ग्रह अब भने राशी परिवर्तन गरी फागुन ९ गते आइतवारबाट मकर राशीबाट निस्किएर कुम्भ राशीमा प्रवेश गर्दैछ ।

यो राशी परिवर्तन चैत ४ गतेसम्म रहनेछ । शुक्रको राशी परिवर्तनका कारण कुन राशीमा कस्तो प्रभाव पर्दछ त ?

मेष राशी
यस राशीका जातकलाई शुक्रको राशी परिवर्तनका कारण व्यापारमा लाभ, दाम्पत्य जीवन सुखद् हुनुका साथै रोकिएको धन फिर्ता हुने शुभ समय रहेको छ ।

वृष राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकलाई समय अनुकूल रहे पनि सुखद् परिणाम प्राप्त हुने छ । जागिरमा लाभ हुनुका साथै पद प्रतिष्ठामा स्तर उन्नती हुने समय छ ।

मिथुन राशी
यस राशीका जातकलाई शुक्रको राशी परिवर्तनका कारण भाग्यमा उदय हुनेछ । जागिरको खोजीमा रहेकाहरुले जागिर भेट्ने, आर्थिक स्थिति राम्रो हुने तथा सन्तान सुख प्राप्त हुनेछ ।

कर्कट राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकलाई उतारचढावको सामना गर्नुपर्ने हुन्छ । साथै कार्यक्षेत्रमा विवाद हुने, गुप्त शत्रु बढ्ने तथा स्वास्थ्यमा समेत समस्या पर्न सक्छ ।

सिंह राशी
यस राशीका जातकलाई यो परिवर्तनका कारण सरकारी कार्य पूरा हुने, वैवाहिक जीवन सुखद् हुने र पूजापाठमा रुचि बढ्नेछ । तथापी वाणी र भावनामा नियन्त्रीत हुनु पर्नेछ ।

कन्या राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकको स्वास्थ्यमा समस्या, विवाहको स्थिति टर्ने, जीवनसाथीसँग मनमुटाव हुने साथै विद्यार्थीकालागी अनुकूल समय रहेको छैन ।

तुला राशी
यस राशीका जातकलाई यस परिवर्तनका कारण प्रतियोगिहरुको परीक्षामा शुभफल प्राप्त हुने, सरकारी जागिरको योग बन्ने, आर्थिकस्थिती सुधारीने र सन्तान सुख पाउन समय छ ।

वृश्चिक राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकले व्यापारमा उन्नती, घर निर्माण तथा वाहन खरिदको योग, सामाजिक प्रतिष्ठामा वृद्धि हुने समय छ । तर बोल्दा विचार पुर्याउनु होला ।

धनु राशी
यस राशीका जातकलाई यस परिवर्तनका कारण स्वास्थ्यमा असर, दाजुभाइ दिदिबहिनीसंग मतभेद हुने सम्भावना छ । तर जागिर र व्यापारमा भने लाभ हुनेछ ।

मकर राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकलाई अत्यन्त शुभ समय छ । अचानक आयमा वृद्धि, सम्मान वृद्धि, जागिरको अवसर तथा पारिवारिक जिम्मेदारी प्रेमपुर्वक हुने समय छ ।

कुम्भ राशी
यस राशीका जातकलाई यस परिवर्तनले समय लाभकारी बनाउने छ । भौतिक सुखमा वृद्धि, घर तथा वाहनको खरीद, स्वास्थ्यमा लाभ हुनेछ । तर खर्चमा विशेष नियन्त्रीत रहनुहोला ।

मीन राशी
शुक्रको राशी परिवर्तनले यस राशीका जातकले केहि समस्या भोग्नुपर्ने, खर्च बढ्ने, स्वास्थ्यमा समस्या तथा दाम्पत्य जीवनमा समेत टकराव आउने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ५५ बजे

सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री

सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा