आलु कसले खान मिल्छ ? कसले मिल्दैन ? « Khabarhub

आलु कसले खान मिल्छ ? कसले मिल्दैन ?


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आलु, हाम्रो भान्सामा प्रयोग हुने आम तरकारी हो । यसको स्वाद मात्र नभई यसमा पाइने पोषणले हाम्रो शरीरमा फाइदा पुर्‍याउँछ ।

कतिपय मानिसहरु भने आलु खाए मोटाइन्छ भनेर आलुको सेवनबाट टाढा रहन्छन् । तर अध्ययनले के भन्छ त ?

केही वर्षअघि भएको एक अध्ययन अनुसार आलु खादैमा मोटाइदैन । तर यसलाई तेल वा घ्यूमा तारेर भने खानु हुँदैन । यसको सट्टा आलु उसिनेर खाएमा फरक पर्दैन ।

भारतको हर्टिकल्चर प्रोडयुस म्यानेजमेन्ट इन्सटिच्युटले सार्वजनिक गरेको अध्ययन अनुसार आलुले मोटोपना बढाउने, मधुमेह रोगीकालागि हानिकारक हुने धारणा चिर्दै आलुमा मोटोपन बढाउने तत्व कम हुने भएकाले आहारको रूपमा आलु खान मिल्ने बताएको छ ।

अध्ययन अनुसार उमालेको वा काँचो आलुमा फ्याटको मात्रा ०.१ प्रतिशत हुन्छ, जसले शरीरको मोटोपन बढाउँदैन । आलुमा कार्बोहाइड्रेट सन्तुलित मात्रामा र फ्याटको मात्रा कम हुने भएकोले अवस्था अनुसारका मधुमेहका रोगीहरूले खान मिल्ने बताइएको छ ।

आलुमा ७५ देखि ८० प्रतिशतसम्म पानी, २.५ देखि ३ प्रतिशत प्रोटिन, ०.६ प्रतिशत फाइबर, १६ देखि २० प्रतिशतसम्म कार्बोहाइड्रेट, ०.१ प्रतिशत फ्याट र १ प्रतिशत खनिज पदार्थ पाइन्छ । आलुमा भिटामिन र ग्लाइको अल्काइड पनि थोरै मात्रामा पाइन्छ ।

एक सय ग्राम काँचो आलुमा ८० क्यालोरी ऊर्जा, सुकेको आलुमा ३ सय २१ क्यालोरी र यति नै मात्राको मकैमा ९६ क्यालोरी, चामलमा ३ सय ६४ क्यालोरी, गहुँमा ३ सय ३२ क्यालोरी ऊर्जा हुन्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १२ : ०० बजे

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना