रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज | Khabarhub Khabarhub

रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रुसको एक अदालतले शनिबार खारेज गरिदिएको छ। नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ।

नाभाल्नी रुसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्। उनीमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटकपटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको छ।

घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रुस फर्केका थिए। रुस फर्केलगत्तै नाभाल्नीलाई पक्राउ गरिएको थियो। उनले यस आक्रमणको लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको आरोप लगाउँदै आफूमाथि लगाइएको आरोपहरू बनावटी भएको बताउँदै आएका छन्।

रुसी राष्ट्रपति पुटिनले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। नाभाल्नीको रिहाइका लागि युरोपियन मानव अधिकार अदालत (ईसीएचआर)ले दबाव दिइरहेको समयमा रुसको अदालतले नभाल्नीको अपिललाई खारेज गरेको हो।

रुसले ईसीएचआरको मागको खण्डन गर्दै आफ्नो देशको मामिलामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेको छ। नाभाल्नीका समर्थकहरूले उनीमाथि लागेको आरोपलाई राजनीतिक महत्वाकांक्षालाई विफल पार्ने प्रयासको रूपमा रहेको बताउँदै आएका छन्। -रासस/एएफपी

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : २२ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्