एक प्रेरक प्रसङ्ग ‘बालक’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘बालक’


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माइकल फराडेले विद्युतको चुम्बकीय आविष्कारसम्बन्धी प्रदर्शनीको आयोजना गरेका थिए ।

प्रदर्शनी अवलोकन गर्न विदेशबाट समेत मानिस आएका थिए । ती मानिसको हुलको अग्रपङ्क्तिमा एक महिला आफ्नो सानो बालक काखमा राखेर बसेकी थिइन् ।

आविष्कारको प्रयोग गर्ने क्रममा माइकलले तामाको तारको एउटा कुण्डलीको दुईछेउ एक गैलवेनोमिटरमा जोडिदिए । चुम्बकको एक भागलाई त्यसमा प्रवेश गराए ।

चुम्बक तीव्र गतिका साथ कुण्डलीमा प्रवेश गर्‍यो र विद्युत उत्पन्न भयो । जब चुम्बकलाई कुण्डलीबाट बाहिर निकालियो, सुई विपरित दिशामा गयो । यो परीक्षणपछि माइकलले सहाभगीलाई बिजुली निकालिएको तरिकाबारे जानकारी गराए ।

प्रदर्शनको अन्त्यतिर काखमा बच्चा बोकेकी ती महिलाले रिसाउँदै माइकललाई भनिन्— यो पनि कुनै प्रयोग हो ? यसको के उपयोग ? मानिसलाई मूर्ख बनाउन किन दुनियाँलाई बोलायौ ?

महिलाले यतिका प्रशन गरेपछि माइकलले भने— तपाईंको साथमा रहेको बालक सानो छ । उसको अहिले कुनै उपयोग छैन । त्यस्तै मेरो आविष्कार पनि अहिले सानै छ र अहिले उपयोगी हुने समय आइसकेको छैन । परिष्कृत तथा ठूलो भएर प्रयोगमा ल्याउन सकिने भएपछि यसको उपयोगले महत्वपूर्ण काम गर्न सक्नेछ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ३५ बजे

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई

महेश बस्नेत भन्छन् : आयोगको प्रतिवेदनका नाममा धरपकड गरिए देश द्वन्द्वतर्फ धकेलिन्छ

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन

डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा

काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेको राष्ट्रिय

एसईईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने