मुलुकभर चट्याङसहित वर्षाको सम्भावना « Khabarhub

मुलुकभर चट्याङसहित वर्षाको सम्भावना


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकभर मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ०७ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखी सामान्य बदली  रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश नं १ को पहाडी भू-भागहरुमा  आंशिकदेखि सामान्य बदली  रहि देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०८ गते (आईतबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा  आंशिकदेखि सामान्य बदली  रही देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ  । पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०९ गते (सोमबार)

दिउँसो : सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : ३७ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका