कांग्रेस नेता कोइरालाको आज ११औँ स्मृति दिवस « Khabarhub

कांग्रेस नेता कोइरालाको आज ११औँ स्मृति दिवस


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज ११औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको ११औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले उनले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको स्मरणमा कार्यक्रम गर्दैछन् ।

राणाशासनविरोधी आन्दोलनमा विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गर्दै राजनीतिमा होमिएको स्वर्गीय कोइराला पटक-पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

२०६२/६३ को जनआन्दोलनमार्फत संसद पुनःस्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाको भूमिका स्मरणीय ५ ।

२०५३ सालमा नेपाली कांग्रेसको सभापति निर्वाचित भएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए ।

कोइराला शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छन् । उनको २०६६ साल चैत ७ गते मण्डिखाटारमा निधन भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : १५ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको