ठगी आरोपमा एक विदेशीसहित दुई जना पक्राउ « Khabarhub

ठगी आरोपमा एक विदेशीसहित दुई जना पक्राउ


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मोटोपन घटाउँने औषधिको नाममा ‘ग्रीन कफी’ बेचेर ठगी गर्ने एक विदेशीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका- १७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका विदेशी नागरिक इजोर कुटशलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्यूरोले नयाँबजारबाट पक्राउ गरेको हो ।

आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक समेत रहेको प्रहरीले जनाएको छ । आचार्यले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै भ्रामक प्रचार गराएको प्रहरीले जनाएको छ ।

आचार्यले ग्रीन कफी खाएपछि विना औषधि, बिना व्यायाम, डाईटिङ र साईड ईफेन्ट विनै सातामा १३ किलोसम्म वजन घट्ने भन्दै भ्रामक प्रचार सामाजिक सञ्चालमा पोष्ट गरेका थिए ।

आचार्यको सप्लायर्समा खानतलासी गर्दा ठूलो परिमाणमा ग्रीन कफीको सामान समेत फेला पारेको ब्यूरोले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले १२ वटा जुटको बोरामा राखिएको हरियो कफी ६४४ केजी,  तयारी अवस्थाको १०० ग्राम हरियो कफी, २ हजार ८२२ प्याकेट, क्याइटालिट लेखिएको ४५ बाकस, कार्डिसन लेखिएको ५१ बाकस, डक्स लेखिएको १८ बाकस, विभिन्न कम्पनीको २५ थान ल्यापटप, र सीपीयू २ थान बरामद गरेको छ ।

यस्तै विदेश नागरिक कुटशको पासपोर्ट २ थान र उनको कोठाबाट ३ लाख ९७ हजार रुपैयाँ र २ थान मोवाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको सीआइबीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ११ : ०१ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा