पार्टीमा फर्किनेलाई उचित जिम्मेवारी दिइन्छ : ओली « Khabarhub

पार्टीमा फर्किनेलाई उचित जिम्मेवारी दिइन्छ : ओली

झण्डा र चुनाव चिन्ह कब्जा गर्ने सपना नदेख्नुहोस्


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्किनेलाई उचित जिम्मेवारी दिने बताएका छन् । पार्टी संसदीय दलको आजको बैठकमा उनले नेपाल–खनाल समूहबाट मुल पार्टी एमालेमा फर्किन नेता–कार्यकर्तालाई उचित जिम्मेवारी दिने बताएका हुन् ।

उनले पार्टीमा फर्किन चाहनेहरुलाई स्वागत छ भन्दै स्पष्टिकरण सोधेर पार्टीमा फर्काउने र उचित जिम्मेवारी दिने बताएका हुन् । ओलीले बोलाएको संसदीय दलको आजको बैठकमा नेता वामदेव गौतम तथा कृष्णभक्त पोखरेल सहभागी भएका छन् ।

झण्डा र चुनाव चिन्ह कब्जा गर्ने सपना नदेख्नुहोस्

ओलीले आफू रहुञ्जेल पार्टीको झण्डा र चुनाव चिन्ह कब्जा गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंकको संज्ञा पनि दिए ।

उनले नेताहरुको नाम नलिई भने, ‘त्यस भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिन्छ । सच्चिएर आत्मालोचना गरेर आए सोच्न सकिन्छ, नत्र कारबाहीको प्रक्रिया अघि बढ्छ, बढाइन्छ ।’

आफूले निर्देशन दिँदादिँदै पनि छुट्टै भेला बोलाएको भन्दै उनले आक्रोश पनि व्यक्त गरे । ‘नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भएको उक्त भेला नगर्न मैले र महसचिवले निर्देशन दिँदादिदै पनि कथित भेला गरिएको छ,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारबाही गरिनेछ ।’

उनले एक फरक प्रसंगमा प्रचण्डलाई माधव नेपालसँग तुलना पनि गरे । नेपालभन्दा दाहाल प्रष्ट भएको उनले संकेत गरे । ‘बरु प्रचण्ड ह्वाङ्गै, छ्याङ्गै छन् । बुटवल र सिन्धुलीबाट सबै कुरा छ्याङै पारे,’ उनले भने ।

आफूलाई पार्टी सदस्यबाट हटाएको विगतलाई स्मरण गराउँदै उनले भने, ‘मलाई त अध्यक्ष र पार्टी सदस्यबाट हटाए, धन्न मेरो नागरिकता खोसेनन् । उनीहरुले पार्टी र झण्डा चुनाव चिन्ह कब्जा गर्न खोजेका थिए । केपी ओली भएसम्म त्यो सपना नदेखे हुन्छ ।’

आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौति दिँदै ओलीले भने, ‘राजीनामा माग्ने होइन, अविश्वासको प्रस्ताव ल्याउन् । तर सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने स्थिति देखिएको छैन ।’

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : २५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको