अब संसद् नियमित रुपमा अघि बढ्छ : सभामुख सापकोटा « Khabarhub

अब संसद् नियमित रुपमा अघि बढ्छ : सभामुख सापकोटा


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले अब संसद्ले लय समात्ने बताएका छन् । संसद् सञ्चालनमा केही समस्या भएकाले त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपरेको सभामुख सापकोटाले बताए ।

आज जीपी कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसद् छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने बताए ।

संसद्को अनेकौं चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाइ छ ।

‘अलिकति समस्याहरु छन् । त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ । तर हिजोबाट तपाईंहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जीवन्त र जनमुखी हुने नै छ,’ उनले भने, ‘हामीले संसद्लाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौं । संसद्को मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगीरथ प्रयत्न गर्दैछौं र त्यसपछि बनेको कानुनहरु कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ ।’

उनले चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकुलता खोज्ने उपाय खोजिरहेको बताए । ‘बिस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छु कि त्यसले फेरि गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ । संसद् भनेको छलफल, बहस, वादविवाद, संवाद हुँदै अगाडी जाने कुरा हो । वादविवाद छ अब संवाद हुँदै अगाडि बढ्छ,’ उनले भने ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : ५४ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग