अब संसद् नियमित रुपमा अघि बढ्छ : सभामुख सापकोटा « Khabarhub

अब संसद् नियमित रुपमा अघि बढ्छ : सभामुख सापकोटा


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले अब संसद्ले लय समात्ने बताएका छन् । संसद् सञ्चालनमा केही समस्या भएकाले त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपरेको सभामुख सापकोटाले बताए ।

आज जीपी कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसद् छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने बताए ।

संसद्को अनेकौं चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाइ छ ।

‘अलिकति समस्याहरु छन् । त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ । तर हिजोबाट तपाईंहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जीवन्त र जनमुखी हुने नै छ,’ उनले भने, ‘हामीले संसद्लाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौं । संसद्को मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगीरथ प्रयत्न गर्दैछौं र त्यसपछि बनेको कानुनहरु कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ ।’

उनले चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकुलता खोज्ने उपाय खोजिरहेको बताए । ‘बिस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छु कि त्यसले फेरि गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ । संसद् भनेको छलफल, बहस, वादविवाद, संवाद हुँदै अगाडी जाने कुरा हो । वादविवाद छ अब संवाद हुँदै अगाडि बढ्छ,’ उनले भने ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : ५४ बजे

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि