स्पाइजेट बोइङमा सोनूको पोस्टर « Khabarhub

स्पाइजेट बोइङमा सोनूको पोस्टर


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सोनू सुदले अब एक नयाँ ‘उडान’ सुरु गरेका छन् । गत वर्ष कोरोना महामारीमा लाखौं मजदुर र बेवारिसे मानिसलाई बस, ट्रेन र हवाइजहाजबाट घर सित्तैमा पुर्‍याइदिएका यी अभिनेता त्यसपछि देश विदेशमा लोकप्रिय भए ।

यिनै सोनूको यो सराहनीय कार्यका लागि एक देशी हवाई कम्पनीले अनौठो ढंगले उनको सम्मान गरेको छ ।

घरेलु उड्डयन कम्पनी स्पाइस जेटले सोनुप्रति सम्मान व्यक्त गर्दै आफ्नो कम्पनी स्पाइजेट बोइंग ७३७ मा उनको ठूलो तस्वीर राखेको छ ।

तस्वीरसँगै सोनुका लागि अंग्रेजीमा ‘ए सेल्यूट टू द सेविअर सोनू सूद’ अर्थात् ‘मसीहा सोनू सूदको सलाम’ लेखिएको छ ।

एबीपी न्यूजमा प्रकाशित समाचारअनुसार आफू प्रति स्पाइस जेटले गरेको सम्मान प्रति खुशी व्यक्त गरेका छन् ।

‘यो मेरो लागि ठूलो सम्मान हो । यसले मलाई पुरानो कुराको याद दिलायो । जब म पहिलोपटक मुम्बई आएँ, त्यो बेला म एक अनारक्षित टिकटले यहाँ आइपुगेको थिएँ । अहिलेको सम्मानको खुशी म बताउनै सक्दिनँ’, सोनूले भनेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ३ : २५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले