मूलुकको निकासका लागि मध्यावधि निर्वाचन आवश्यक : डा. महत « Khabarhub

मूलुकको निकासका लागि मध्यावधि निर्वाचन आवश्यक : डा. महत


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मध्यावधि निर्वाचनबाट मात्र मुलुकले निकास पाउने बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले शनिबार भैरहवामा गरेको पत्रकार भेटघाटमा महतले मुलकलाई निकास दिने भए सबै दल मध्यावधि निर्वाचनमा जान तयार हुनुपर्ने बताए ।

नेता डा.महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गरे । संसद पुनःस्थापना पछि पनि ओलीले राजीनामा नदिएर सत्ता लिप्सा देखाएको उनको आरोप छ ।

डा. महतले निकासको लागि कांग्रेसले भूमिका खेल्नु पर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेस ठूलो शक्ति हुने दावी गरे ।

पूर्वअर्थमन्त्री समेत रहेका महतले वर्तमान सरकारको आर्थिक दृष्टिकोण प्रष्ट नुहँदा आर्थिक क्षेत्र धरासायी भएको आरोप लगाए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ३ : ३२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको