प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । उनले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिए ।

सन् २००३ देखि हिमाल आरोहण शुरु गरेकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् ।

यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसकेकी छन् । शेर्पाले यसअघि तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ३ : ३९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब