वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा | Khabarhub Khabarhub

वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ ।

सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीसमेत सफाइ शुरु गरिएको छ । यसैगरी देशभरका मुख्य शहर एवं नदी सफाइ पनि भइरहेको छ । हालसम्म देशभर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती ३८० औँ हप्तामा

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३८० हप्ताको कार्यक्रम फरक शैली र सहभागितामा आज सम्पन्न गरिएको छ । कोभिड, हिउँद, वर्षा, घाम, पानीमा अभियानकर्मी विचलित नभई अभियान सञ्चालनमा छ ।

माथिल्लो भेगमा पछिल्लो समय सौन्दर्र्यीकरणमा प्रयोग भएका सामग्री असरल्ल छरिँदा त्यसको पहरेदारका रुपमा खडा भएका अभियानकर्मी फेरि पनि निरन्तर अभियानको अग्रपङ्क्तिमा उभिएर कर्म गरिरहेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

अनेक आरोह अवरोहलाई पार गर्दै वाग्मती सफाइ अभियान निरन्तर सञ्चालनमा छ । विसं २०७० फागुन ३ गतदेखि प्रारम्भ भएको माथिल्लो भेगको वाग्मती सफाइ अभियान निरन्तर जारी छ । गुह्येश्वरीबाट सुन्दरीजलसम्मको क्षेत्रमा सो अभियानले सफाइ गरिरहेको छ ।

वाग्मतीको तिलगङ्गा, सुन्दरीघाट, आलोकनगरलगायत क्षेत्रमा पनि सफाइ अभियान चलरिहेको छ । यसैगरी वाग्मतीका सहायक नदी रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोलामा समेत सफाइ अभियान जारी छ । चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि जनचेतासहित सफाइ अभियान जारी छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ३ : ४६ बजे

बजेट कर्मचारीमैत्री बनाउन सरकारलाई निजामती ट्रेड युनियनको संयुक्त दबाब

पोखरा – गण्डकी प्रदेशका प्रमुख निजामती ट्रेड युनियनहरूले प्रदेश सरकारको

‘शिक्षकले खोस्टो ऐन मागेको होइन, माग पूरा नभए असार १६ देखि आन्दोलन हुन्छ’

काठमाडौं- देशभरका सरकारी विद्यायमा कार्यरत शिक्षकले काठमाडौंका सडकमा २९ दिनसम्म

प्रचण्डले पार्टीभित्र उत्तराधिकारीको शृङ्खला तयार पार्नुभएको छः वर्षमान

भक्तपुर – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अध्यक्ष

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि (आइटी)

‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो !

काठमाडौं – मोडलिङ पृष्ठभूमिकी नायिका नीति शाह गत वैशाख ५