यस्तो छ प्रियकाको रेष्टुरेन्टको भित्री रुप « Khabarhub

यस्तो छ प्रियकाको रेष्टुरेन्टको भित्री रुप


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस आफ्नो नयाँ रेष्टुरेन्ट ‘सोना’ खुलेपछि उत्साहित छिन् । उनले आफ्नो प्रोजेक्टसँगै रेष्टुरेन्टको प्रचारको काम पनि शुरु गरेकी छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा रेष्टुरेन्टको वेबसाइटको लिंक शेयर गर्दै त्यसको इन्टेरियरको रुप पनि पोस्ट गरेकी छन् । उनको रेष्टुरेन्ट अमेरिकाको न्यूयोर्कस्थित २० वी स्ट्रीटमा छ ।

आजतकमा प्रकाशित समाचारअनुसार रेष्टुरेन्टको भित्र काठका सामाग्री प्रयोग गरिएको छ । तस्वीरमा रेष्टुरेन्टमा दुई किसिमको बस्ने व्यवस्था मिलाइएको छ ।

जसमा एकातिर टेबल, कुर्सी र पर्खालसँग टासिएको बेञ्च छ । अर्कोतर्फ सोफा र टेबलको कम्बाइनेसन मिलाइएको छ । हरेक टेबलमा मिनी ल्याम्प र प्लेट–ग्लास राखेको देख्न सकिन्छ ।

रेष्टुरेन्टमा लाइटिङको कम्बाइनेसन पनि राम्रो मिलाइएको छ । उनले आफ्नो निक नेम मिमीको नामबाट प्राइभेट डाइनिङ रुम रेष्टुरेन्टमा बनाइएकी छन् ।

सोनाको वेबसाइट अनुसार यो डाइनिङ रुममा ८ देखि ३० व्यक्तिसँगै खाना खान सक्छन् । प्रियंकाकी बहिनी परिणीति चोपडा प्रियंकालाई ‘मिमी दिदी’ भनेर बोलाउछिन् ।

यो रेष्टुरेन्ट मार्च अन्त्यसम्म सञ्चालनमा आउनेछ । यो रेष्टुरेन्टमा खाना खानका लागि मानिसहरु मंगलबादेखि शनिबारसम्म साँझ ७ बजेदेखि रात ११ बजेसम्म जानसक्छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ४ : २५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी