भक्तपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु « Khabarhub

भक्तपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ – भक्तपुरको चित्तपोलमा आज टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा४ख ९८१० नंको टिपरले मे८प ८३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते भएकी सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भई हाल काठमाडौँ हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

घाइते कार्कीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

घटनामा मृतकका छोरा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सकुशल रहेको प्रनाउ गिरीले बताए ।

प्रहरीले घटनामा संलग्न दुवै सवारी साधन र टिपरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : ४५ बजे

‘रवि र बालेन पनि देउवा र ओलीकै पथमा छन्, देशले फेरि दु:ख पाउन सक्छ’

नेपालका दिग्गज अर्थ-राजनीति विश्लेषक हरि रोका प्रधानमन्त्री वालेन्द्र शाह र

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा