मोटरसाइकल दुर्घटनामा तीन प्रहरी गम्भीर घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा तीन प्रहरी गम्भीर घाइते


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित सुनगढामा मोटरसाइकल दुर्घटना हुँदा तीन प्रशिक्षार्थी प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका अनुसार गम्भीर घाइते हुनेहरूमा प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको तालिम गरिरहेका २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट र २१ वर्षीय दीपेन्द्र खड्का रहेका छन् ।

घाइते तीनै जनालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारका लगिए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलाली लगिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए । – रासस

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : १५ बजे

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न