पाकिस्तानी प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना « Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ट्वीट गरी सो कामना गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खानलाई कोभिड–१९ पोजेटिभ देखिएको त्यहाँका स्वास्थ्य मन्त्री फैसल सुल्तानले जानकारी दिएका छन् ।

प्रधानमन्त्री खान अहिले घरमै आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्री सुल्तानले बताएको बीबीसीले जनाएको छ ।

सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खानले दुई दिन अघि मात्रै कोरोना विरुद्धको पहिलो खोप लिएका थिए ।

पाकिस्तानमा कोरोना भाइरसका कारण १३ हजार ७९९ जनाको मृत्यु भएको छ भने ६ लाख २३ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १० : ४५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको