पाकिस्तानी प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना « Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ट्वीट गरी सो कामना गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खानलाई कोभिड–१९ पोजेटिभ देखिएको त्यहाँका स्वास्थ्य मन्त्री फैसल सुल्तानले जानकारी दिएका छन् ।

प्रधानमन्त्री खान अहिले घरमै आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्री सुल्तानले बताएको बीबीसीले जनाएको छ ।

सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खानले दुई दिन अघि मात्रै कोरोना विरुद्धको पहिलो खोप लिएका थिए ।

पाकिस्तानमा कोरोना भाइरसका कारण १३ हजार ७९९ जनाको मृत्यु भएको छ भने ६ लाख २३ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १० : ४५ बजे

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश