भारतका पूर्वप्रधानमन्त्री सिंह कोरोना भाइरसबाट सङ्क्रमित « Khabarhub

भारतका पूर्वप्रधानमन्त्री सिंह कोरोना भाइरसबाट सङ्क्रमित


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली(एएनआई)- भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहेका  सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।

उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् ।

“पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उनलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,” एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ५२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर