यी हुन् आज हावाहुरीसहित असिना पानी पर्ने पूर्वानुमान गरिएका स्थान | Khabarhub Khabarhub

यी हुन् आज हावाहुरीसहित असिना पानी पर्ने पूर्वानुमान गरिएका स्थान


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि  देशका केही भेगमा हावाहुरीसहित असीना पानी पर्ने सम्भावना रहेको छ ।

हाल देशको उच्च  पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्न र राति देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेकी तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

बैशाख ७ गते (मंगलबार)

दिउँसो: देशको सुदूरपश्चिम प्रदेश, कर्णाली,गण्डकी  तथा लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख ८ गते (बुधबार)

दिउँसो: देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

राति : देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख ९ गते (बिहीबार)

दिउँसो: देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

राति :  देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : २५ बजे

एक खेल अगाडि नै गिल कप्तान रहेको गुजरात प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ दौडबाट

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा