वैदेशिक रोजगारीमा मृत्युदर बढ्दै « Khabarhub

वैदेशिक रोजगारीमा मृत्युदर बढ्दै

१२ वर्षमा ९ हजार २ सयको मृत्यु



काठमाडौँ— गत चैत २२ गते नेपाल एयरलाइन्सको जहाजले वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्यो ।

उनीहरू घरपरिवार छाडेर पैसा कमाउन मलेशिया पुगेका थिए ।

विमानस्थलमा शव बुझ्न आएका २२ परिवारका सदस्य र आफन्तहरूको भावविह्ल अवस्था निकै कारुणिक थियो । यस्तो दृश्य विमानस्थलका लागि नौलो भने होइन ।

निम्न तथा निम्न मध्यम वर्गीय परिवारका लागि वैदेशिक रोजगारको लोकप्रिय गन्तव्य हो मलेसिया ।

नेपाली कामदारहरूका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेयिबा र संयुक्त अरब इमिरेट्स (युएई) हुन् । सामान्य लेखपढ गरेका र लेखपढ नै नगरेकाहरू पनि रोजगारीका लागि यी मुलुकमा पुग्ने गर्छन् ।

पछिल्लो समय विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ । कामका गन्तव्य मुलुकमध्ये सबैभन्दा धेरै नेपालीले ज्यान गुमाउने मुलुक हो मलेसिया छ ।

आर्थिक वर्ष ०६५/६६ देखि चालु आर्थिक वर्षको चैतसम्ममा मलेसियामा ३ हजार ८२१ जना नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डको अभिलेख छ ।

बोर्डको अनुसार चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीमा गएका ९६९ जनाको विभिन्न कारणले ज्यान गएको छ । यीमध्ये मलेसियामा मात्रै २३८ जना बिते ।

गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका ६३० जनामध्ये १७७ जना नेपाली मलेसियामा थिए ।

आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारी ९ हजार २३७ जनाको ज्यान गएको छ ।

बोर्डका निर्देशक राजन श्रेष्ठका अनुसार हृदयघात, प्राकृतिक कारण, आत्महत्या, कार्यस्थल हुने दुर्घटना र सवारी दुर्घटनाका कारण वैदेशिक नेपालीको श्रमिकले ज्यान जाने गरेको छ ।

वैदेशिक रोजगारीमा रहँदा परिवारसँगको विछोडले हुने एक्लोपन, मानसिक तनाव, कार्यस्थलको तनावका जस्ता कारणले श्रमिकहरू आत्महत्याको अवस्थामा पुग्ने गरेको मनोविद्हरू बताउँछन् ।

न्यूनीकरणका उपाय

रोजगारीको अवसर खोज्दै हरेक वर्ष ५ लाखसम्म नेपाली युवा विश्वको श्रम बजारमा बाहिरिन्छन् ।

रोजागरीका क्रममा मलेसियामा मात्र प्रतिदिन सरदर एक व्यक्तिको ज्यान जाने गरेको छ । वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटाउन के गर्नुपर्ला ?

बोर्ड सचिवालयका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘मृत्युदर घटाउन पूर्वप्रस्थान अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्छ ।’ यस्तो तालिममा श्रमिकले गन्तव्य मुलकको भाषा, रहनसहन, धर्मसस्कृति, कानूनी व्यवस्था लगायतका विषयमा जानकारी पाउँछन् ।

दुर्घटना कम गर्न मनोसामाजिक परामर्श पनि अनिवार्य हुने श्रेष्ठको भनाइ छ ।

दुई वर्षअघि कोरिया रोजगारीमा आत्महत्या गर्नेको संख्या अचानक बढ्यो । त्यतिबेला बोर्डले नेपाली कलाकारसँग सहाकार्य ग¥यो ।

श्रेष्ठले भने, ‘कोरिया जाने कलाकारहरूसँग सहकार्य गरेर मनोरञ्जनसँगै मनोसामाजिक परामर्श गरायौँ, यसले सकारात्मक प्रभाव पारेको पाइयो ।’

विदेश जानेका लागि सीप तथा अभिमुखीकरण तालिम अनिवार्य गर्न सकेमा मृत्युदरमा कमी आउने उनको भनाइ छ ।

मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी गरेको उनले बताए ।

श्रेष्ठका अनुसार नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सोसल सेक्युरिटी अर्गनाइजेसन (सोक्सो) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भएको र कार्यान्वयनको चरणमा रहेको छ ।

बोर्डकाअनुसार सोक्सोमा आबद्ध भएपछि प्रत्येक महिना श्रमिकको आधारभूत पारिश्रमिकको १ दशमलव २५ प्रतिशत बराबर रकम रोजगारदाताले आफ्नो तर्फबाट सोक्सो कोषमा जम्मा गरिदिने व्यवस्था छ ।

श्रमिक सूचीकृत भएपछि करार अवधिभित्र कार्यस्थलमा दुर्घटनामा परेमा र बिरामी भएमा उपचारको व्यवस्था सोक्सोले गरिदिन्छ ।

१२ वर्षमा ९ हजारले लिए आर्थिक सहायता

वैदेशिक रोजगारीको सिलसिलामा कामदारको मृत्यु भएमा निजको परिवारलाई नेपाल सरकारले ७ लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ । हालसम्म ९ हजार ३३ जनाले यो रकम बुझेका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ५६ बजे

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन