‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई छानिए १० पुस्तक « Khabarhub

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई छानिए १० पुस्तक


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’को उत्कृष्ट दश कृतिहरुको नामावली सार्वजनिक भएको छ ।

पुरस्कारको राशी ५० हजार रुपैँया रहेको छ । यो नामावली वर्षभरिमा नयाँ लेखकहरुले २०७७ सालमा प्रकाशन गरेका २७ पुस्तकबाट छानेको छ ।

ती पुस्तकहरुलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरुले दिएको नम्बरको आधारमा प्रारम्भीक निर्णायकहरूको टीमले १० पुस्तक छानेको हो ।

‘नयाँ लेखकका २७ भन्दा बढि पुस्तक प्रकाशन भए होलान् । तर हामीले सबै प्रकाशन गृह, सबै जसो लेखक, देशभित्र र बाहिरबाट धेरैअघिदेखि सोधखोज गर्दा नयाँ लेखकका २७ पुस्तक फेला पार्‍यौँ’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘यो सुची तिनै नयाँ डेब्यु कृतिहरुबाट छानिएको हो ।’

छानिएका डेब्यु पुस्तकहरुमा सुरेश बडालको कथा संग्रह ‘रहर’ लक्ष्मण अधिकारीको कथा संग्रह ‘मर्फिन’, प्रेमबहादुर बोहोराका संस्मरणात्मक कृति ‘कोग्ले’, पोस्तक श्रेष्ठको कथा संग्रह ‘मुन्नी’, केदार वसिष्ठको नेपाली भाषा, लिपि, संस्कृति र संस्कारसँग सम्बन्धित अनुसन्धानात्मक कृति ‘नेपाल विद्या’ रहेका छन् ।

साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि छानिएका अन्य पुस्तकहरुमा लता केसीको लघुकथा सङ्ग्रह ‘चोटदेखि मृत्युसम्म’, प्रशान्त शर्माको उपन्यास ‘रूखहरूको मृत्य’, प्रकाश सुवेदीको उपन्यास ‘आशा छ’, नमिता दवाडीको कविता सङ्ग्रह ‘जीवन नदीको किनारै किनार’ र सरला गौतमको उपन्यास ‘डुमेरा’ परेका छन् ।

‘छानिएका यी कृतिहरुलाई साहित्यपोस्टका विषय सम्पादकहरु, स्तम्भकार एवं समीक्षक गरि १५ जनालाई जिम्मा लगाइने छ । उहाँहरुले दिएका नम्बरहरुलाई जोडेर १५ ले भाग गर्दा जुन कृतिले बढि नम्बर प्राप्त गर्छ, त्यही कृतिलाई हामीले वर्षको उत्कृष्ट डेब्यु पुस्तकका रुपमा पुरस्कृत गर्नेछौँ ।’ कोइराला भन्छन्, ‘हाम्रा निर्णायकहरु लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यहि कारण यी दशवटा कृतिहरु मध्येबाट पनि उत्कृष्ट कृति छनोट हुने कुरामा सम्पादकीय टिम विस्वस्त छ ।’

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : १६ बजे

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई