आमाको सारीमा आगो सल्किँदा बच्चाको मृत्यु | Khabarhub Khabarhub

आमाको सारीमा आगो सल्किँदा बच्चाको मृत्यु


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– भान्सामा खाने पकाउने क्रममा आमाको सारीमा सल्केको आगोले बच्चाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका वडा नं. ५ कालापानीकी ४४ वर्षीया आमा पुनम सुनारले खाना पकाउँदै गर्दा अँगेनामा बालेको आगो सारीमा सल्किन पुग्दा उनी गम्भीर घाइते भएकी छन्।

जलेर गम्भीर अवस्थामा रहेकी उनकी एक वर्षीया छोरी बिना सुनारको उपचारका क्रममा लमही अस्पतालमा मंगलबार बिहान साढे दुई बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए।

भट्टका अनुसार आमाले बच्चालाई काखमा लिएर खाना पकाउँदै गर्दा सारीबाट आगो सल्किएर आमा-छोरी जेलेर गम्भीर अवस्थामा उद्दार गरिएको थियो।

‘हामीलाई प्राप्त सूचना अनुसार आमाको मानसिक सन्तुलन त्यति ठिक थिएन भन्ने कुरा आएको छ,’ भट्टले भने, ‘घाइते आमाको पनि अवस्था पनि गम्भीर छ, उहाँको लमहीमा उपचार भइरहेको छ।’

घटना घटेको केहीपछि राति ९ बजेतिर मात्रै आगलागीबारे सूचना दिइएको हुँदा समयमै पीडितको उद्दार हुन नपाएको प्रहरी निरीक्षक भट्टले बताए।

इप्रका भालुबाङका असई हरि पाण्डेले घाइतेको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारको लागि लमही लगिएको जानकारी दिए।

सारीबाट सल्केको आगोले आमा-छोरीको शरीरको विभिन्न भाग जलेको भए पनि अन्य भान्सा कोठा तथा घरमा आगलागी भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १ : १९ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र