नेपालमा एकैदिन १७३६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु  « Khabarhub

नेपालमा एकैदिन १७३६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु 


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १६६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

८ हजार ५५ जनाको पीसीआर र ६८३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

यसैगरी २४ घण्टामा २५१  जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । निको हुनेको दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ३९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर