एमाले नेपाल-खनाल पक्षद्वारा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम स्थगित  « Khabarhub

एमाले नेपाल-खनाल पक्षद्वारा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम स्थगित 


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) माधव नेपाल पक्षधरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसगै नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको हो ।

नेपाल पक्षले पार्टीको स्थापना भएको दिन बैशाख ९ गते विशेष कार्यक्रमसहित भव्यताका साथ मनाउने तयारी गरेको थियो ।

नेकपा एमालेका नेता योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कारण रोक्नु परेको जनाएका छन् ।

विज्ञाप्तिमा कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भएको जनाइएको छ ।

नेकपा एमाले प्रचार विभागद्वारा जारी विज्ञप्तिमा संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा अनुरोध गरिएको छ ।

यस्तो छ विज्ञप्ति 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार