नेपाललाई समृद्धि र अनुसन्धानको नयाँ युगतिर लैजानुपर्छ : प्रचण्ड « Khabarhub

नेपाललाई समृद्धि र अनुसन्धानको नयाँ युगतिर लैजानुपर्छ : प्रचण्ड


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर लैजानुपर्ने बताएका छन् ।

‘फादर सन अभियान’ ले मंगलबार काठमाडौँमा गरेको “हिउँ रहे पानी रहन्छ, पानी रहे जीवन वातावरणको अधिकार, मानवअधिकार” विषयक अन्तरक्रियामा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले एउटा समृद्ध समाज निर्माण गर्न अनुसन्धान र अन्वेषणको क्षेत्र महत्वपूर्ण भएको बताए । वातावरणको संरक्षणका निम्ति नेपाली अध्यता र विज्ञहरुले गरेको प्रयास सकारात्मक भएको उनको भनाइ छ । उनले कृषिका क्षेत्रमा युवा वैज्ञानिकहरुले देखाएको विज्ञता निकै उत्कृष्ट देखिएको पनि बताए ।

उनले नेपाली युवा वैज्ञानिकहरुको अनुसन्धान र अन्वेषणको क्षमता अन्य कुनै देशको भन्दा कम नरहेको तर्क गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : १५ बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन