वाग्मती प्रदेशको सातौँ अधिवेशन अन्त्य « Khabarhub

वाग्मती प्रदेशको सातौँ अधिवेशन अन्त्य


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन आज वैशाख ७ गते राति १२ बजेदेखि अन्त्य भएको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरी आएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

प्रदेशसभाको चालू बैठक गत वैशाख २ गते सञ्चालन भई अर्को सूचना जारी नभएसम्मका लागि भनी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : ०१ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल