देशभर १६० संक्रमितको आईसीयू र ४५ को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

देशभर १६० संक्रमितको आईसीयू र ४५ को भेन्टिलेटरमा उपचार हुँदै


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४५ जना संक्रमित भेन्टिलेटरमा र १६० को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा आठ जना संक्रमित आईसीयूमा र एक जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आईसीयूमा, बाग्मती प्रदेशमा ७२ जना आईसीयूमा र ३० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी कर्णाली प्रदेशमा १० जना आईसीयूमा र एक जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा पाँच जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ०१ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले