रुसी खोप ‘स्पुतनिक भी’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति « Khabarhub

रुसी खोप ‘स्पुतनिक भी’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक भी’ ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ ।

औषधि व्यवस्था विभागले आज एक सूचना जारी गर्दै रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको जानकारी दिएको हो ।

नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।

कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरूलाई सरकारले आजदेखि दोस्रो डोज दिन थालेको छ । चिनियाँ खोप भेरोसेलको पहिलो डोज केही दिन अघि दिइएको थियो । चीनले नेपाललाई अनुदानमा आठ लाख डोज खोप दिएको थियो ।

यस्तै, भारतले कोभिशिल्ड खोप १० लाख डोज अनुदानमा दिएको थियो भने नेपाल सरकारले २० डोज खरिद गरेकोमा १० लाख डोज आउन बाँकी छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : २४ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ